पुष्पराज खतिवडा
बारा
१४ सुक्रबार २०७८
कोरोना संक्रमितको सहयोगमा माओवादी निजगढ जुटेको छ । नेकपा माओवादी केन्द्र निजगढ नगरकमिटी कोरोना संक्रमित विरामीको स्वास्थ्य सेवाका लागि जुटेको हो । निःशुल्क यातायात सहित आईसुलेसनका विरामीका लागि नियमित खानाको ब्यवस्थापन पार्टीको अगुवाईमा भैरहेको माओवादी केन्द्रको २ नं. प्रदेश कमिटी सदस्य स्थानिय रविराज दंगालले बताए ।
निजगढका १३ वटै वडाका कोरोना संक्रमित तथा संक्रमणको आशंका लागेका विरामीहरुलाई स्वास्थ्य संस्था सम्म ल्याउन लैजान निःशुल्क सवारी संचालनमा ल्याएको छ । निजगढ स्थीत आईसुलेसनमा रहेका एकजर्दन विरामी र कुरुवाका लागि माओवादी केन्द्रले नियमित खानपानको ब्यवस्था गरिरहेको उनले बताए । २० जनाले निःशुल्क यातायात र एकसय जनाले खानापानि र ३ सयजनाले मास्क सेनीटाईजनर सहयोग पाएको केन्द्रिय सदस्य दंगालल बताए ।
नगरमा संक्रमण बढिरहेको र निषेधाज्ञा समेतले गर्दा जनजिवन प्रभावित बनेपछि पार्टीका अगुवा साथीहरुको सहल्लाह र सहयोगमा राहत कार्यक्रमको सुरुवात गरिएको नेता दंगालले बताए । जेष्ठ पहिलो साताबाट मास्क सेनिटाईजर वितरण गर्ने हेल्फ डेक्स संचालन गर्दै अभियान सुरु भएको हो । पछिल्लो समय कोराना संक्रमितको उद्दार र खानपानको समेत प्रबन्ध गरिएरहेका छौं दंगालले सुनाए ।
दैनिक १० दखी २० जनाका लागि बेलुकी एक छाक पौष्टीक आहार दिंदै आएका छौं । चिकित्सकको सल्लाह अनुसार विरामीका लागि जाउलो, अंडा, खाना, गेडागुडिको रस दिईने गरिएको छ । विरामी र उनका कुरुवा समेतलाई खाना पानि र दिनभरी पुग्ने मास्क सेनिटाजर उपलब्ध गराउँदै आएका छौं , नगरकमिटी सदस्य यतीराज सापकोटाले सुनाए ।
कार्यक्रमलाई स्थानिय अग्रज , सामाजिक अगुवा , ब्यपारिहरुको साथ सहयोग रहेको अभियानकर्मी दंगालले जानकारी दिए । एकछाकका लागि २ हजार पाँचसयको दैनिक प्याकेज बनाईएको छ । सोही अनुसार साथीहरुले ५ दिन सम्मको जिम्मा लिनु भएको सापकोटाले बताए ।यस्तै अति विपिन्न परिवारमा अन्न , भिटामीन , औषधी समेतको राहत प्याकेज वितरणको तयारी गरिएको अनेमासंघ कान्तीकारी नगर अध्यक्ष धनमाया लामा बताईन् । कोराना विरुद्धको भ्याक्सीन लगाउन चाहनेहरुका लागि अनलाईन फर्म भरेर घरघरमा नै पठाएर सहयोग गरिएरहेका छौं । आज सम्म ५ सय जनाको फर्म भरि पठाईएको उनले बताईन् ।
विपद्का बेला नेकपा माओवादी निजगढ कमिटिकोे अगुवाईमास्रहानिय काम भैरहेको स्थानिय उमेश सुनारले बताए । कोरानो संक्रमितलाई सहयोग गरेर धेरै राम्रो र उदाहरणिय काम भैरहेको उनले बताए ।

फोटोमा ः संक्रमितलाई खानपान सहयोग गर्दै माओवादी निजगढ

Leave a Reply