कृष्ण मोहन साह

सेढवा,विश्व वातावरण दिवसको अवसरमा पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ सेढवामा सोमवार जनचेतनामूलक ¥याली प्रदर्शन र वृक्षारोपण पनि गरिएको छ ।डिभिजन वन कार्यालय पर्साको आयोजनामा ‘प्लाष्टिकजन्य प्रदूषण निर्मुल पारौंः वातावरण मैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ सेढवामा जनचेतनामूलक ¥याली निकालिएको हो ।यस्तै सेढवास्थित विद्यालयको प्राङ्गणमा विभिन्न प्रजातिका विरुवाहरु पनि रोपिएको डिभजन वन कार्यालय पर्साका प्रमुख सुभाष चन्द्र दासले बताउनुभयो ।कार्यक्रममा नेपाल प्रहरी, स्थानीय विद्यार्थी, जनप्रतिनिधि, शिक्षक, स्थानीयवासी लगायतको सहभागीता रहेको सब डिभिजन वन कार्यालय बसन्तपुरका रेन्जर सुमन पाण्डेले जानकारी दिनुभयो ।

Leave a Reply