नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले यही जेठ १७ गतबाट छिमेकी देश भारतको भ्रमण गरेका छन् । उनी त्यो भ्रमण सकाएर शनिवार स्वदेश पनि फर्किएका छन् ।भारतमा तीनदिन रहेका प्रधानमन्त्रीले नेपाल र नेपालका लागि के गरे भन्ने प्रश्न महत्वपूर्ण हो । उनले नेपाल र नेपालीका लागि भन्दा पनि आफ्नो स्वार्थका लागि पो केही गरे कि भन्ने प्रश्न भने नेपालमा उब्जिएको छ । प्रचण्डको भारत भ्रमण यसपालीको भने खासै उपलब्धी मुलक देखिएको छैन । कयौं कमजोरीहरु देखिएको छ । प्रधानमन्त्री नेपालको एक कार्यकारी प्रतिनिधि भएपनि भारतले केही स्थानमा उनलाई देखाएको हर्कतले भने नेपालप्रति ठूलै रिस पोखेको देखिन्छ । दुई देशका समकक्षीबीच भएको भेटमा आमजनताले जानकारी नपाउने गरी भित्री रुपमा केही सहमति भएको भए त्यो यसैपनि देशका लागि घातक हुनेछ । तर देखिने गरी वा सार्वजनिक रुपमा भने केही भएको छैन । नेपाल र भारतको सम्बन्ध यसैपनि प्रगाढ छ ।भ्रमणको क्रममा नेपालका प्रधानमन्त्री प्रचण्डको मोदीसंगको सहकार्य र वार्ता घतिभूत रुपमा हुनुपर्ने थियो । तर यस्तो केही भएको देखिएन । बरु नेपालका प्रधानमन्त्रीलाई अनाश्यक नृत्य देखाएर सद्भाव कायम गर्न खोजेको हो कि अपमान बुझ्नका लागि धेरै दिमाख लगाउन आवश्यक छैन । त्यसैले पनि भारतले नेपालको केही नेतामाथि रहेको आक्रोश पोखेको देखिन्छ । प्रधानमन्त्री भ्रमणको भ्रमण खासै उपलब्धीमुलक भने देखिदैन । भ्रमणको उपलब्धीको बारेमा प्रधानमन्त्री प्रचण्डले जे भनेपनि भारतले गरेको व्यवहार भने त्यत्ति संतोषजनक छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here