नरेश गुप्ता
बरियारपुर,बाराको प्रसौनी गाउँपालिकास्थित श्री बेंगा साह माध्यमिक विद्यालयको छात्र÷छात्रा शौचालय अव्यवस्थित फोहोर हुँदा विद्यार्थीहरुले सास्ति बेहोर्दै आएका छन ।
भौतिक पूर्वाधार तथा शौचालय निर्माणको लागि स्थानीय तह र शिक्षा मन्त्रालयलगायत विभिन्न दातृ निकायको सहयोगमा विद्यालयमा शौचालय निर्माण गरिएको भएपपनि उचित व्यवस्थापन नहुँदा विद्यार्थीहरु फोहोर शौचालयमा नै दिसापिसाब गर्न बाध्य भएका छन ।
साथै विद्यालयमा छात्राहरुको लागि छुट्टै शौचालय नहँुदा छात्राहरुले थप सास्ति खेप्दै आउनु परेको उनीहरुको भनाइ छ । स्थानीय तहले हरेक वर्ष विद्यालयलाई सरसफाइ र शौचालय मर्मतको लागि बजेट दिने गरेको भएपनि सदुपयोग नगरिएको अभिभावकहरुले गुनासो गरेका छन ।