बारा जिल्लामा विधुतको सवालमा दुईवटा नीति रहेको पाइन्थ्यो । एक उपभोक्ताहरु विधुत चोरी गरेर बाल्ने गर्दथे अनि अर्को विधुत प्राधिकरणले पनि चोरी धेरै भएपछि सदरमुकाम कलैयामा नै आवश्यक भोल्टेज दिने गर्थेन ।यो अलिक वर्ष अगाडिको कुरा हो तर अहिले बाराका उपभोक्ताहरु पनि धेरै सुध्रिएको अवस्था छ । सिधा पोलबाट विधुत चोरी गर्नेको संख्या घटेको छ । घरमा बिजुलीको मिटर राखेर आवश्यक रकम तिर्न उपभोक्ताहरु पनि तयार भएका देखिन्छन् र विधुत प्राधिकरणले पनि झारा टार्ने गरेको समस्यामा सुधार छ ।

अहिले कलैयामा मात्र होइन ग्रामीण भेगमा पनि भोल्टजको कम हुने समस्या पनि घटेको कुरा उपभोक्ताहरुबाट आउने गर्दछ तर यो समस्या अझै समाधान भने भएको छैन ।जीतपुर सिमरा उपमहानगरपालिकाभित्रको एउटा बस्तीमा अझै अनियमित विधुत कटौतीका कारण स्थानीयहरु मारमा परेको कुरा आएको छ । यो समस्या टाँगियाबस्तीको भएपनि फेरि जिल्लाका अन्य केही भागमा पनि यो समस्या छ । बेला बेलामा यो कुरा प्रकाशमा आउने गरेकै छ ।

यो विषयमा विधुत प्राधिकरण गम्भीर बन्न आवश्यक छ । अझै पनि विधुत चुहावट कही कतै भइरहेको छ भने त्यसमा कडाइ गरौं । यसमा बाराका नागरिकहरुले प्राधिकरणलाई साथ पनि दिन आवश्यक छ तर यसको सट्टा उपभोक्ताहरुले प्राधिकरणबाट सेवा सुविधापनि मज्जाले लिन पाउनु पर्दछ ।बिजुली काटेर वा अनियमित पारेर उपभोक्तालाई सास्ती दिन भने पाइदै पाइदैन । कम्तीमा नारिकहरुले बिजुली उपभोग गर्ने विषयमा प्राधिकरण गम्भीर बनोस् । अब यस्ता समस्या आउनु भनेको चैं फेरि प्राधिकरणका लागि नै घातक कुरा हो । बेलैमा यस्ता समस्याको संबोधन होस् ।

Leave a Reply