कलैया,विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय कार्यसमिति बाराको दोस्रो अधिवेशनले बासुदेव गौतमको अध्यक्षतमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।महासंघको वरिष्ठ उपाध्यक्षमा जंगबहादुर यादव, उपाध्यक्षमा मोहन सिंह,. बिकाउ चौधरी र जगदेव महतो चयन हुनुभएको छ । त्यसैगरी समितिको महासचिवमा सूर्यबहादुर फुयाल .(गोकुल), सचिवमा रामाकान्तप्रसाद यादव, सुरेश घिमिरे, अस्मीता दुलाल, सहसचिवमा अनिता आचार्य, सोनालाल पटेल र सदस्यमा रामनाथप्रसाद यादव, विष्णु आचार्य, पार्वती बुढाथोकी र सुमित्रा खडका चयन हुनुभएको छ ।



















