कृष्ण मोहन साह

सेढवा,पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले लागुऔसध गाँजा सहित एकजना युवकलाई पक्राउ गरेको छ ।प्रहरी चौकी महादेवपट्टीबाट प्रहरी सहायक निरीक्षक नन्दलाल साहको नेतृत्वमा गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर १ को ओरिया खोला हुदै पैदल भारत जाँदै गरेका यात्रीलाई चेकजाँच गर्ने क्रममा जिराभवानी गाउँपालिका महादेवपट्टीका राजेन्द्र दासका १७ वर्षिय छोरा अनिल दासलाई ७ किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको हो ।गाँजासहित पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिनुभयो ।यता, गाँजा बोक्ने युवकले भने गाँजा आफ्नोे नभएको र गाउँकै रामचन्द्र महतोले झोला हालेर उनको कुखुराको फर्ममा लगेर छोडदिन भनेर दिएको र झोलामा के राखिएको थियो भन्ने विषयमा आफुलाई कुनै जानकारी नभएको बताएका छन ।


















