धिरेन्द्र तिवारी
कलैया,प्रादेशिक अस्पताल कलैयामा सार्वजनिकरुपमा विज्ञापन र सूचना नै नगरी दैनिक ज्यालादारीमा सुईपर र सुरक्षा गार्डको नियुक्ति गरिएको पाइएको छ ।अस्पताल प्रसाशनले विज्ञापन नै नगरी विगत केही महिनाअघि नागेशवर पासवानलाई सुरक्षा गार्ड र उहाँकी श्रीमतिलाई सुईपरमा तथा अन्जली गुप्तालाई ल्यबामा काम गर्ने गरी ज्यालादारीमा नियुक्ति दिइएको प्रादेशिक अस्पताल स्रोतले जानकारी दिएको छ ।तर तीन दिनअगाडि प्रादेशिक अस्पताल कलैयाको विकास समितिका अध्यक्ष प्रकाश चौगाईले प्रादेशिक अस्पताल कलैयामा भएको बेतिथि हाटाउनका प्रादेशिक अस्पताल कलैयाका स्टोरकिपरमाथि मुद्दा दर्ता गरी कारबाही गर्ने र एम्बुलेन्स संचालनको लागि टेन्डर लगाउने जस्ता निर्णय सार्वजनिक भएपछि अस्पतालका बेथितिहरु बाहिरिन थालेका हुन ।