निजगढ,वन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन सम्बन्धी प्रदेश स्तरीय सरोकारवालाहरूको अन्तरक्रिया गोष्ठी निजगढमा शुक्रवार सम्पन्न भएको छ ।मधेश प्रदेश सरकार अन्तर्गतको वन तथा वातावरण मन्त्रालय, जनकपुरधामको आयोजनामा निजगढ ९ स्थित होटल राजमार्गमा गोष्ठी आयोजना गरिएको हो ।गोष्ठीमा सहभागीहरुबीच दिगो वन व्यवस्थापनको अवधारणा, प्रदेशस्तरीय योजना, र स्थानीय सरोकारवालाहरूको भूमिका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरीले सामुदायिक वन समुहका पदाधिकारी र डिभिजन वन कार्यालयका कर्मचारीहरु मिलेर वन क्षेत्रको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी मधेस प्रदेश वन निर्देशलायका निर्देश जगन्नाथप्रसाद जयसवाल, फेकोफन बारा अध्यक्ष रामजी बजगाई, फेकोफन निजगढ अध्यक्ष कुशबहादुर थापा, उपाध्यक्ष धनबहादुर खुलाललगायतको पनि सहभागिता रहेको थियो ।त्यस्तै सहभागी सरोकारवाला वन प्रतिनिधिहरुलाई डिभिजन वन कार्यालय बाराका वन अधिकृत झा, निजगढ सव डिभिजन कार्यालय प्रमुख निरज पोखरेल, भु–संरक्षण डिभिजन कार्यालय पर्साका अधिकृत अनिल कोइरालाले सहभागीलाई वन सम्बद्र्धन प्रणालीको बारेमा जानकारी गराएका थिए ।

Leave a Reply