वीरगन्ज,पर्सागढी नगरपालिका वडा नम्बर ३ पकडिया गाउँ नजिकबाट आइतबार राति काठ र साइकलसहित एकजनालाई वन गस्ति टोलीले पक्राउ गरेको छ । राष्ट्रिय वन क्षेत्रबाट तस्करी गरी रातको समयमा हरपुरतर्फ लैजादै गरेको अवस्थामा सब डिभिजन कार्यालय बडनिहार र छतवन टाँडी रेन्ज पोष्टको सयुक्त वन गस्ती टोलीले २ थान सालको गोलिया र २ थान साइकलसहित पर्सागढी नगरपालिका वडा नम्बर ५ निवासी ३५ बर्षीय गुर्दलिया भनिने हरेन्द्र राय पक्राउ परेको वन कार्यालयका जमदार सुरज चौधरीले जानकारी दिनुभयो । दुईजनाको संख्यामा रहेका काठ तस्करमध्ये एकजना साइकल छाडेर फरार भएको र रायलाई भने पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो । पक्राउ परेका राय, काठ र साइकल आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको जमदार चौधरीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here