सिम्रौनगढ,सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने स्कारपियो गाडी दुर्घटनामा परेको छ । मेयर किशोरी प्रसाद कलवारले प्रयोग गर्दै आएको बा २ झ ४३५४ नम्बरको गाडी रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर– ५ स्थित नारायणचोकबाट करिब २०० मिटर उत्तरतर्फ कटहरिया जाने सडकखण्डमा बुधवार बिहान करिब ११ः३० बजे दुर्घटनामा परेको हो ।दुर्घटनामा स्कारपियो गाडी पूर्ण रूपमा क्षति भएको छ । गाडीको हुट र बाहिरी भाग क्षतिग्रस्त भएपनि कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।

मेयर कलवारलाई रौतहटको चन्द्रपुरमा छोडेर कटहरिया हुँदै सिम्रौनगढतर्फ आउदै गरेको नगर प्रमुख कलवार चढ्ने सरकारी नम्बर प्लेटको स्कारपियो गाडी आफै अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको देवाही गोनाही प्रहरीले जनाएको छ । गाडीमा चालक बाहेक गाडीमा अन्य कोही पनि सवार थिएन ।सिम्रौनगढ नगरपालिकाका सूचना अधिकारी सुरेश यादवका अनुसार रौतहटकै एक पालिकाका प्रमुखलाई कलैयाबाट रौतहट छोडेर फर्किने क्रममा गाडी दुर्घटना भएको हो । उनका अनुसार कलैयामा एक कार्यक्रममा सहभागी हुन आएका प्रमुखलाई पु¥याउन सिम्रौनगढका मेयर चढ्ने गाडी चन्द्रपुर गएको हो ।

स्कारपियोका चालक, बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर १ बैरिया निवासी अन्दाजी ४० वर्षीय मुस्तुफा आलमको अवस्था सामान्य रहेको छ । उनलाई गम्भीर चोटपटक नलागेको प्रहरीले पुष्टि गरेको छ ।
फोटो पनि छ ।

Leave a Reply