जियालाल चौधरी
कोल्हवी –  ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरिक्षक बालिष्ट सिंहको नेतृत्वमा गएको गस्ती टोलीले दुई थान सालको गोलिया बरामद गरेको हो । प्रहरी निरिक्षक सिंहको गस्ती टोलीले दुई थान सालको गोलिया बेवारीसे अवस्थामा बरामद गरेको बारे जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।

 

 

 

 

बाराको कोल्हवी नगरपालिका वडा नम्बर ४ प्रगतिनगरको माझी टोलबाट खोलाको छेउमा स्याउला र घाँसले छोपेर राखिएको ५.५ फिट गोलाइ र ४२ इन्च लम्बाई भएको काठ प्रहरीको गस्ती टोलीले बरामद गरेका हुन् । त्यसैगरी ५.५ फिट गोलाइ र ३८ इन्च लम्बाई भएको बेवारिसे अवस्थामा रहेको दुई थान कलिलो सालको गोलिया बरामद गरेको हो ।

 

 

 

 

बरामद गरिएको सालको दुई थान गोलिया ईलाका प्रहरी कार्यालय कोल्हवीमा दाखिला गरि बन डिभिजन कार्यालय पुरानो काटालाई बुझाएको बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here