जनकपुरधाम,जनमत पार्टीका प्रदेश सांसद शतिसकुमार सिंहले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको साटो उद्योग स्थापना गर्नु पर्ने माग गर्नुभएको छ ।बुधवार बसेको मधेस प्रदेशसभामा उहाँले निजगढ एयरपोर्ट बनाउने योजनाको विरोधमा बोल्नुभएको हो । एयरपोर्ट बनाउन लाग्ने लगानीबाट ठूलो उद्योग खोल्न सकिने र यसमा लाखौं युवाले रोजगारी पाउने उहाँले धारणा राख्नुभयो ।‘३३ अर्ब रुपैयाँ लगानीले बन्ने एयरपोर्टले प्रदेशलाई कुनै उपलब्धि हुँदैन । त्यही लगानीमा इन्ड्रस्ट्रिज स्थापना भयो भने मधेशका लाखौं युवाले रोजगारी भेट्छन् । प्रदेशको समृद्धि, युवाको रोजगार र विकासको बाटो खुल्छ’, उहाँले भन्नुभयो ।जंगल बचाएर फडानी गरिएको ठाउँमा उद्योग स्थापना गर्नु पर्ने उहाँको माग छ । अन्तर्राष्ट्रिय एयरपोर्ट बन्न २० वर्ष लाग्ने र त्यसले फाइदा पनि नहुने भएकाले उद्योग निर्माण तिरै लाग्न उपयुक्त हुने उहाँले बताउनुभयो ।सातवर्षदेखि सुस्तगतिमा भइरहेको फास्टट्रयाको काम द्रुत गतिमा हुनुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply