कलैया,श्री गढीमाई बहुमुखी क्याम्पसलाई विभिन्न दाताले १४ कठ्ठा जग्गा दान गरेर उदाहरणीय कार्य गरेका छन । केही महिनाअगाडि मात्र क्याम्पको आयोजनामा श्रीमद भागवत तथा गढीमाई महोत्सवमा क्याम्पस निर्माण गर्नका लागि जग्गा दान गर्ने भनेर प्रतिवद्धता जाहेर गरे बमोजिम बुधवार मालपोत कार्यालयमा गएर महागढीमाई नगरपालिका वडा नम्बर १ निवासी नागेन्द्रप्रसाद चौधुरले कित्ता नम्बर ५ सय ३७ को १० कठा जग्गा गढीमाई बहुमुखी क्याम्पसको नाममा रजिष्ट्रेसन पास गरी त्यसको लालपुर्जा क्याम्पस संचालक समितिका अध्यक्ष बिजयकुमार स्वर्णकार र क्याम्पस प्रमुख धर्मेन्द्रप्रसाद यादवलाई सयुतm रुपमा प्रदान गर्नुभएको छ । त्यसैगरी महागढीमाई नगरपालिका वडा नम्बर १ कै पन्नालाल प्रसाद, प्रेम प्रसाद, सुमित्रा देवी र नरेश प्रसाद जयसवालले १÷१ कठा जग्गा क्याम्पसको नाममा दर्ता गरेको क्याम्पस संचालक समितिका सदस्य अमित चौधुरले जानकारी दिनुभयो ।महायज्ञबाट संकलन भएको दान रकमबाट ४ कठा जग्गा संचालक समितिले ४ लाख रुपैया कठ्ठाको दरले खरिद समेत गरेको क्याम्पसका लेखापाल जयकिशोर प्रसाद यादवले बताउनुभयो ।क्याम्पसको जगगा खरिद र दान स्वरुप आएको जग्गा गरि जम्मा १८ कठा जगगा क्याम्पसको नाममा दर्ता गराउनका लागि नियमसंगत लाग्ने लिखत निशुल्क रुपमा लेखापढी कानुन व्यवसायी ललनकुमार जयसवालले गरिदिएकोमा क्याम्पस संचालक समितिका अध्यक्ष स्वर्णकारले धन्यवाद समेत व्यतm गर्नुभएको थियो ।गढीमाईको ऐतिहासिक भूमिमा क्याम्पस निर्माणको प्रक्रिया बुधवारबाट सुरु भएको हुँदा यस कार्यका लागि महायज्ञमा नगद रुपैया वा जग्गा दान गर्नका लागि प्रतिवद्धता गर्नुहुने सबैलाई तत्काल नगद वा जग्गा प्रदान गरिदिनका लागि संचालक समितिका अध्यक्ष स्वर्णकारले आग्रह समेत गर्नुभएको छ ।

Leave a Reply