राजकुमार यादव

मौलापुर,रौतहटमा मंगलवार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मौलापुरको पतौरा निवासी ३५ वर्षीय प्रतिमा देवी रहेकी छन् ।मंगलबार बिहान एक्कासी आएको हावाहुरीसँगै परेको चट्याङ लागेर प्रतिमा देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।गाउँ छेउकै गोठनजिको ट्युबेलमा पानी भर्ने क्रममा बिहान ७ बजे अचानक चट्याङ लागेको प्रहरीको भनाइ छ ।चट्याङ लागेर प्रतिमा देवीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नन्दकिशोर चौहानले बताउनुभयो ।उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

Leave a Reply