कलैया,बाराको कलैयामा सोमवार राती टेम्पु र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।दुर्घटनामा मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मनगरका २४ वर्षीय रामकान्त पटेल रहेका छन् ।प्रहरीका अनुसार ना ५४ प ४७४८ नम्बरको मोटरसाइकल धर्मनगरतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको ना २ ह ५३७२ नम्बरको टेम्पुसंग धर्मनगरमा ठोक्किँदा मोटरसाइकल चालक रामकान्त पटेलको दुर्घटना स्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार स्थानीय ३५ वर्षीय विजय साह, ३६ वर्षीय कमलेश चौरसिया, र ४२ वर्षीय अनिलकुमार यादव घाइते भएका छन् । घाइतेहरुको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply