वीरगञ्ज,डिभिजन वन कार्यालय रङ्गपुर टाढीको बन गस्ती टोलीले अवैध सालको काठसहित एक जनालाई पक्राउ गरेको छ ।पर्साको राष्ट्रिय वनबाट अवैध रुपमा सालको काठ कटान गरी साइकलमा लोड गरी लैँजादै गरेको अवस्थामा गस्ति टोलीले एकजनालाई पक्राउ गरेको हो ।पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ कल्याणपुरबाट तीन थान सालको गोलिया र ३ थान साइकलसहित गस्ति टोलीले एक जनालाई पक्राउ गरेको डिभिजन वन कार्यालय पर्साका जिल्ला वन अधिकृत सुभासचन्द्र दासले बताउनुभयो ।दासकाअनुसार पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ देउरबाना निवासी रुस्तम अली अन्सारी रहेका छन् । नियन्त्रित काठ र साइकलसहित पक्राउ परेका अन्सारीलाई डिभिजन वन कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको छ ।


















