कलैया,बाराको प्रसौनी गाउँपालिकाले कार्यसम्पादन मूल्यांकनमा बारा जिल्लाभरकै उत्कृष्ट स्थान हासिल गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा प्रसौनी गाउँपालिकाले ६२.४ अंक प्राप्त गरेको छ, जुन बाराका १६ वटा पालिकामध्ये सबैभन्दा उच्च हो ।त्यस्तै, कार्यसम्पादन मूल्यांकनमा जिल्लाकै सबैभन्दा कमजोर सिम्रौनगढ नगरपालिका रहेको छ । सिम्रौनगढले जम्मा २९ अंक मात्र प्राप्त गरेको छ। आयोगले विभिन्न १७ वटा सूचकको आधारमा स्थानीय तहहरूको मूल्यांकन गरेको हो ।परवानीपुर गाउँपालिका – ६१.५ अंक, कलैया उपमहानगरपालिका – ५८.१ अंक, निजगढ नगरपालिका – ५६.३ अंक, देवताल गाउँपालिका – ५४ अंक, करैयामाई गाउँपालिका – ५१.५ अंक, महागढिमाई नगरपालिका – ५१.४ अंक, बारागढी गाउँपालिका – ५० अंक हासिल गरेको छ । त्यस्तै सुवर्ण गाउँपालिका – ४८.१ अंक, जितपुरसिमरा उपमहानगरपालिका – ४४ अंक, फेटा गाउँपालिका – ४२.५ अंक, विश्रामपुर गाउँपालिका – ४२ अंक, कोल्हवी नगरपालिका – ४० अंक, आदर्शकोतवाल गाउँपालिका – ३८.१ अंक, पचरौता नगरपालिका – ३७ अंक छ ।जिल्लाका अधिकांश पालिकाहरूले १०० अंकमा आधा अंक पनि कटाउन नसकेको देखिन्छ ।