कार्यक्रममा संबाेधन गर्दै बाराकाे निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेश सांसद त्रिलाेकी प्रसाद चाैधरी ।

 जियालाल चौधरी

कोल्हवी – श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विधालय सपहीको ४३ औं बार्षिकोत्सव तथा अभिभावक दिवसकाे अवसरमा बाराकाे निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेश सांसद त्रिलाेकी प्रसाद चाैधरीले विधालयकाे स्तर उन्नती तथा व्यवस्थित गर्नकाे लागि आफ्नाे संसदिय काेषबाट १० लाख दिने प्रतिब्द्धता जनाए । 

 

कोल्हवी नगरपालिकाकाे वडा नम्बर ४ मा रहेकाे श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विधालय सपहीले सोमबार आयाेजना गरेकाे ४३ औं बार्षिकोत्सव साधारण सभा तथा अभिभावक दिवसमा निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेश सांसद चाैधरीले यस्ताे प्रतिब्द्धता जनाए । श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विधालय सपहीको स्कुल व्यवस्थापन समितिका अध्यक्ष तपेश्वर राय थारुको अध्यक्षता तथा र बारा निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य त्रीलोकी प्रसाद चौधरीकाे  प्रमुख अथित्वमा कार्यक्रम सम्पन्न भएका छन् ।

 

कार्यक्रममा बाेल्दै काेल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य बलबीर चौधरी, प्रधान मन्त्रीका पूर्व जनसम्पर्क सल्लाहकार एवं नेकपाका केन्द्रिय सदस्य अच्युत मैनाली, कोल्हवी नगरपालिकाका नगर प्रमुख भरतबहादुर भण्डारी, क्याम्पस सभाका अध्यक्ष केबल प्रसाद चौधरी, सपही कलेजका अध्यक्ष रामप्रसाद चौधरी, काेल्हवी नगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष भेष बहादुर ढकाल लगायतले शुभकामना व्यक्त  गरेका थिए ।

 

कार्यक्रममा सहभागी अतिथीहरु ।

उक्त कार्यक्रममा खेल्कुदमा उत्कृष्ट हुने विधार्थीहरुलाइ सिलऽ मेदल तथा प्रमाणपत्र प्रदान गरि सम्मान गरेका थिए । भने सोही विधालयका पूर्व अध्यक्ष, शिक्षक तथा अभिभावकहरुलाई दोसाला ओढाइ सम्मानित गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य बिधालयका कार्यबाहक प्रधानाध्यापक भुनेश्वर चौधरीको रहेको थियो । भने कार्यक्रमको सहजीकरण विधालयको शिक्षक प्रेम बहादुर गौतमले गरेका थिए ।

Leave a Reply