कलैया,बारा क्षेत्र नम्बर २ को उपनिर्वाचन नजिकिएसगै चुनाव प्रचारमा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल सबैभन्द अग्रस्थानमा रहनुभएको छ । पौडेलले मतदाता घरदैलो, कार्यकर्ता भेला, बैठक र भेटघाट जस्ता कार्यक्रमलाई तीव्र तुल्याउनुभएको हो ।मंगलवार क्षेत्रको उत्तरी भेगमा पर्ने करैयामाई गाउँपालिकमा घरदैलो गर्नुभएका पौडेलले बुधवार दक्षिणी सीमावर्ति क्षेत्रमा पर्ने सुवर्ण गाउँपालिकामा मतदाता भेटघाट तथा घरदैलो गर्नुभएको छ । त्यसैगरी एमालेले कार्यकर्ता र मतदाता भेलालाई पनि संघसंगै अघि बढाउदै गएको छ ।एमालेका पुलिटब्युरो सदस्य समेत रहनुभएका पौडेलले सुबर्ण गाउँपालिका वडा नम्बर ३ को चरमोहनामा चुनावी घरदैलो तथा सभा आयोजना गर्नुभएको हो । सभामा सम्बोधन गर्दै उम्मेदवार पौडेलले जनताको समर्थन एमालेको पक्षमा रहेकोले क्षेत्र नम्बर २ मा अब एमालेलाई कुनै शक्तिले पनि पराजित गर्न नसक्ने दाबी गर्नुभयो । ‘वृद्वभत्ता दिने पार्टी एमाले, जनताको काम गर्ने पार्टी, गाउँगाउँमा बिकास गर्ने एमाले, उहाँले भन्नुभयो, जनताले पनि विकास गर्ने पार्टीलाई नै जिताउनुपर्छ ।’ उम्मेदवार पौडेलले क्षेत्र नम्बर २ बारा जिल्लाका अन्य क्षेत्रको तुलनामा विकासको दृष्टिले सबैभन्दा पछाडि परेकोले विकासको लागि मतदाताले पनि असल प्रतिनिधि चुन्नुपर्ने बताउनुभयो । ‘यसअघि पटकपटक जितेर गएका उम्मेदवारहरुले कुनै काम गर्न सकेनन, उहाँले भन्नुभयो, हामीलाई एकपटक मौका दिनुहोस हामी जनताको मन जितर देखाइदिने छौ ।’ उहाँले आगामी निर्वाचनमा जनताले एमालेलाई विजयी तुल्याउनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले आफू विजयी भएपछि क्षेत्रको विकासको लागि जनतासंगै बसेर काम गर्ने र शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सिँचाई र खानेपानी जस्ता समस्या हल गर्न प्रयत्नशील हुने बताउनुभयो । उहाँले आफू लामो समयदेखि बारा जिल्लाको विकासमा सक्रिय हुदै आएको बताउदखै जनताले पनि दुखसुखमा साथ दिने उम्मेदवार चिनेर मतदान गर्नुपर्ने बताउनृुभयो ।कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीले जनताका काम नगरेका कारण सप्तरीका जनताले गत मंसिरमा भएको निर्वाचनमा उपेन्द्र यादबलाई हराएको भन्दै बाराका जनताले पनि पराजित गरेर छाडने बताउनुभयो । उहाँले सप्तरीका जनताको विकासको लागि काम गर्न नसकेपछि मतदाताले हराएको र यादवले बाराको विकासमा पनि कुनै काम गर्न नसक्ने बताउनुभयो । ‘जनताको विकासको लागि नभएर सत्ता स्वार्थको लागि चुनाव लडेका छन, उहाँले भन्नुभयो, त्यस्ता व्यक्तिलाई बाराबाट पनि पराजित गरेर पठाउनुपर्छ ।’कार्यक्रममा ठूलो सख्यामा स्थानीय मतदाताहरुको उपस्थिति रहेको थियो । त्यसैगरी करैयामाईको वडा नम्बर ८ को नरहीमा एमालेको चुनावी भेला बुधवार नै सम्पन्न भएको छ ।भेलामा एमाले केन्द्रीय कमिटी सदस्य रन्जना सरकार, प्रदेश सभा सदस्य देबनारायण चौधरी, अनेरास्वबियुका महासचिव नरेश रोकाया, प्रदेश कमिटी सदस्य मनोज पौडेल, केबल चौधरी, ढुण्डिराज उप्रेती, अनेरास्ववियु केन्द्रीय सचिव अन्जना सिवाकोटी, एमाले जिल्ला कमिटी सदस्य धनिराम चौधरी, अनेरास्वयु मधेस प्रदेश सहसंयोजक त्रिलोकबिक्रम साहलगायतले आगामी निर्वाचनमा एमाले उम्मेदवार पुरुषोत्तम पौडेललाई विजयी गराउनुपर्ने आवश्यकता बारेमा बोल्नुभएको थियो ।

Leave a Reply