दुष्यन्त चौधरी 
कलैया – राजपा नेपाल बाराका प्रवक्ता सिंहले अहिले विधुत चोरी मुक्त गाउँ घोषणा गराउन संकलप गरेका छन् । नेपाल विधुुुत प्राधिकरणले दिनै पिच्छे विधुत चुहावट गर्नेलाई नियन्त्रणमा लिई कार्वाही प्रक्रिया अगाडि बढाएकाले सिहंलेे भने आफ्ना गाउँलाई विधुत चोरी मुक्त गाउँ घोषणा गराउन पहल गर्दै हिडेका छन् । 
राजपा नेपाल बाराका प्रवक्ता सिंहले  देवताल गाउँपालिका वडा नम्बर  १ बडकि फुलवरियामा घर बति मिटर नलिएकाहरूलाई नयाँ मिटर लिन आग्रह तथा सुझाव दिएका छन् । प्रवक्ता सिंहको आग्रह तथा सुझावलाई स्थानीयलेे मान्दै घर बतिको लागि नयाँ मिटर सबैले लिने वातावरण बनिसकेकाले प्रवक्ता सिंहले सबैको फाराम आफै भर्ने कार्य गरेका छन् । 
राजपा नेपाल बाराका प्रवक्ता सिंहका अनुसार चाडै नै आफ्नो गाउँलाई विधुत  चोरी मुक्त गाउँ  घोषणा गर्ने जानकारी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here