निजगढ,निजगढ नगरपालिकाको धनसार खोलाबाट संकलन गरेका गरेको ढुंगा बिक्री वितरण गर्न नपाउँदा निजगढ नगरपालिका सिंगौलका ट्याक्टर व्यवसायी मार्कामा परेका छन् ।लाखौ खर्चेर खोलाबाट उत्खनन गरेर संकलन गरेको ढुंगा सन्चय गरेको स्थानबाट बिक्री वितरण गर्न नपाउँदा ट्याक्टर व्यवसायी मर्कामा परेका हुन् । निजगढ नगरपालिकाले समयमा नै धनसार खोलाको ढुंगा तथा बालुवा बिक्रीका लागि ठेक्का नलगाएका कारण स्थानीय ट्याक्टर व्यवसायीहरुले सिंगौल बाहिर ढुंगा बिक्री गर्न नपाएका हुन । बिक्री गर्न नपाएपछि लाखौ मूल्यको ढुंगा तथा बालुवा अलपत्र अवस्थमा रहेको छ ।केहि समयअघि सिंगौलका ट्याक्टर व्यावसायीहरुको समूहले धनसार खोलाको ठेक्का तत्काल लगाउन निजगढ नगरपालिकामा दबाब दिएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला समन्वयन समिति बारा, जिल्ला वन कार्यालय, राष्ट्रपति चुरे संरक्षण समिति र निजगढ नगरपालिकाको संयुक्त टोलीले धनसार खोलाको अनुगमन गरेको थियो । सम्बन्धित निकायले अनुगमन गरेको लामो समय हुँदा पनि धनसार खोला ठेक्का लाग्न नसक्दा स्थानीयले संकलन गरेर राखेको ढुंगा बिक्री भने खुलेको छैन ।निजगढ नगरपालिकाले पटकपटक बोलपत्र आह्वान गर्दा पनि ठेक्का लाग्न नसकेपछि कार्यालयले हाल अमानतमा राजश्व संकलन गर्दैआएको छ ।

Leave a Reply