निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ का नवनिर्वाचति वडा अध्यक्ष घनश्याम तिमल्सिना र वडा सदस्यहरुले मंगलवार पदभार ग्रहण गर्नुभएको छ ।

वडा कार्यालयमा आयोजना गरिएको नवनिर्वाचत जनप्रतिनिधिहरुको स्वागत तथा निवर्तमान जनप्रतिनिधिहरुको विदाई कार्यक्रमको अवसरमा भएको पदभार कार्यक्रममा वडा कार्यालय सचिव सुमिता पराजुलीले अध्यक्ष तिमल्सिना र वडा सदस्यहरु केशव अधिकारी, कृष्णबहादुर मोक्तान, आशा श्रेष्ठ र मिना सुनारलाई पदभार ग्रहण गराउनुभएको हो । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग, निवर्तमान नगर उपप्रमुख लिलादेवी खनाल, निवर्तमान वडा अध्यक्ष कुशबहादुर थापा, नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य सुदर्शन कोइरालालगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाले पनि मंगलवार नै वडा कार्यालमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । वडा अध्यक्ष लामा र वडा सदस्यहरु दिलबहादुर पुलामी मगर, कविता लामा, भगवती घिमिरे र सुभद्रा विकलाई निर्वाचन कार्यालयका अधिकृत शम्भु बराल, निवर्तमान वडा अध्यक्ष रामजी बजगाई र वडा सचिव सुभाष ठाकुरले पदभार ग्रहण गराउनुभएको हो ।

त्यस्तै वडा सचिव ९ मा पनि नवनिर्वाचत जनप्रतिनिधिहरुको स्वागत तथा निवर्तमान जनप्रतिनिधिहरुको विदाई र पदास्थपना कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र कटुवाल र वडा सदस्यहरु चण्डिका उप्रेती, चित्रप्रसाद चौलागाई, बबिता श्रेष्ठ र इन्द्रकुमारी सुनारले पनि मंगलवार नै पदभार ग्रहण गर्नुभएको हो । वडा कार्यालयकी सचिव सपना ढुङ्गाना र निवर्तमान वडा अध्यक्ष सुदर्शन कोइरालाले वडा अध्यक्ष कटुवाल र वडा सदस्यहरुको पदभार गराउनुभएको थियो । कार्यक्रममा गत निर्वाचनमा एमालेबाट वडा अध्यक्षका उम्मेदवार गणेश राजभण्डारी, निजगढ नगरपालिका कार्यपालिकाकी निवर्तमान सदस्य मिनमाया लामा, नेकपा एमाले वडा कमिटी अध्यक्ष पशुपति सापकोटा, कांग्रेश वडा सभापती सागर थोकरलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply