निजगढ,निजगढ नगरपालिका वडा नं. ९ को नवनिर्मित वडा कार्यालय भवनको आज एक कार्यक्रमबीच मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले उद्घाटन गर्नुभएको छ ।मुख्यमन्त्री यादवले शिलापत्र अनावरण गर्दै कार्यालय भवनको उद्धाटन गर्नुभएको हो । वडा अध्यक्ष रामचन्द्र कटुवाल क्षेत्रीको अध्यक्षतामा भएको सो कार्यक्रमको विशिष्ट अतिथिमा मधेश प्रदेश कृषि मन्त्री श्याम पटेल, सभासद मिना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, जिल्ला समन्वय समिति बाराका उपसभापति चण्डिका उप्रेती, नगरपालिकाका उपप्रमुख, सोममाया थिङलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा निजगढका पूर्वनगर प्रमुख सुरेशकुमार खनाल, पूर्वउपप्रमुख लिलादेवी लामिछाने खनाल, निजगढका विभिन्न वडाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा वडा कार्यालय भवन निर्माणका लागि २ कठ्ठा जग्गा उपलब्ध गराउने स्थानीय तिर्थबहादुर लामा बोम्जनसहित वडामा ८० वर्षभन्दा माथि उमेरका ८७ जना जेष्ठ नागरिकहरूलाई मुख्यमन्त्री यादव र नगर प्रमुख पुरीले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।साथै जेनजी आन्दोलनको क्रममा आगजनीबाट नष्ट भएपछि वडा कार्यालयमा फर्निचर लगायत अन्य उपकरण उपलब्ध गराउने एक दर्जनभन्दा बढी सहयोगी दाताहरूलाई समेतलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

वडा अध्यक्ष कटुवालले मुख्यमन्त्री यादव र कृषि मन्त्री पटेललाई १÷१ घरी हरियो केरा माया चिनो उपहार प्रदान गर्नुभएको थियो ।सोही कार्यक्रममा कृषि ज्ञान केन्द्र बाराले केरा जोन निजगढलाई केराबालीमा झोल मल र विषधि छर्कन सहयोग गरेको ड्रोनको पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा विद्यासागर ईङलिस बोर्डिङ र होली एन्जल्स ईङलिस बोर्डिङ स्कुलको विद्यार्थीहरूद्वारा सांस्कृतिक नृत्य प्रस्तुति गरिएको थियो ।

यसैबीच आज नै मुख्यमन्त्री यादवले निजगढ ९ कै गौरीशंकर क्याम्पसमा निर्माण हुने योगशाला र पुस्तकालयको पनि शिल्यान्यस गर्नुभएको छ । मधेस प्रदेश सरकारको सहयोगमा क्याम्पस परिसरमा योगशाला निर्माण हुन लागेको हो भने ०६६ सालमा क्याम्पसले लगाएको महायज्ञमा बोलकबोल गरेको दान रकम खर्चेर निजगढका पूर्व नगर प्रमुख सुरेश खनाल आफ्नी स्वर्गीय माता राधादेवी खनालको स्मृतिमा पुस्तकालय भवन निर्माण गर्न लाग्नुभएको हो ।

Leave a Reply