निजगढ,निजगढ– ५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालयका क्रिकेट खेलाडी विद्यार्थीहरुलाई जर्सी वितरण गरिएको छ ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद गौतम र लेखापाल नवराज गौतमले एक कार्यक्रमबीच जर्सी वितरणसहित निजगढ नगरस्तरीय क्रिकेट प्रतियोगितामा जीतको लागि खेलाडीहरुलाई शुभकामना दिएका छन् ।
निजगढ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ क्रिकेट क्लबको व्यवस्थापनमा निजगढ– ६ भमरा खेल मैदानमादेखि भएको अन्तरविद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा विद्यालयका खेलाडी सहभागी हुदैछन् ।
कार्यक्रममा अध्यक्ष गौतमले विद्यार्थीहरूलाई अनुशासन र आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा दिँदै प्रतियोगितामा विजयको अग्रिम शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply