रौतहट । संघीय सरकारका स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुंगले आइतवार प्रादेशिक अस्पताल गौरमा निरीक्षण गरेका छन् ।
अस्पतालको बेथिती बारे समाचार सम्प्रेषण गरेपछी स्वास्थ्य मन्त्री खापुंगले अस्पतालको दयनिय अवस्था बारे बुझेका हुन् ।
भौतिक पुर्वाधार तथा आवश्यक पर्याप्त उपकरकणहरु हुँदाहुँदै रेफर अस्पतालको संज्ञा पाएको प्रादेशिक अस्पताल भित्र चरम लापरवाही भईरहेको समाचार   प्रकाशित गरेको थियो ।

दक्ष जनशक्तिको आभाव, उपचारमा प्रयोग गरिने उपकरणहरुको रेखदेखको आभावका कारण बिरामीहरु अन्यन्त्र उपचार गराउन बाध्य हुन थालेपछी स्वास्थ्य मन्त्री खापुंगले प्रादेशिक अस्पतालको निरीक्षण गर्दे समस्याको सामाधानका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेश सरकारको मातहतमा रहेको प्रादेशिक अस्पताल गौरमा जनशक्तिको आभाव पदपुर्ति गर्न तथा चित्सिकहरुका लागि क्वाटर भवन निमार्णका लागि आवश्यक प्रक्रिया गर्ने स्वास्थ्य मन्त्री खापुंगले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here