बरियारपुर,बारामा लागुऔषध सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर २७ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मौजेरामपुरमा लागुऔषध सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयको प्राङ्गणमा लुमन्ति आवासको लागि सहयोग समूहको सहयोग तथा शहरी गरिबी निवारण मंचको आयोजनामा लागुऔषध सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शहरी गरिबी निवारण मंचका अध्यक्ष रविन्द्रप्रसाद साह, ब्रह्मबाबा उपभोक्ता समितिका अध्यक्ष निर्मला देबी, लदवरा माई महिला बचत समुहकी अध्यक्ष सबिता देवी लगायत मौजे रामपुरका महिला समुहका महिलाहरु, युवाहरु, छात्रछात्रा तथा स्थानीय भद्रभलादमीहरुको उपस्थित रहेको थियो ।
२९ वटा अवैध मदिरा भट्टी नष्ट
बारा जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा संचालनमा रहेका घरेलु मदिरा बनाउने २९ वटा भट्टी प्रहरीले शनिबार नष्ट पारको छ । साथै प्रहरीले मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ पनि नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यलय बारा तथा मातहत समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी, वडा नम्बर १८ लामीडाँडा तथा फेटा गाउँपालिका वडा नम्बर ३ मा संचालन रहेका २९ वटा अवैध घरेलु मदिरा भट्टी नष्ट गरिएको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
प्रहरीले यसक्रममा २ हजार लिटर तयारी मदिरा र मदिरा बनाउन प्रयोग हुने करिब ६ हजार ५ सय लिटर कच्चा पदार्थ तथा मदिरा उत्पादनमा प्रयोग भएका समानहरूसमेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।
बारामा अबैध मदिरा भट्टी नष्ट गर्ने अभियानलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।