विश्वमा आज धन, सम्पत्तिका लागि एक देशले अर्को देशको अस्तित्व स्वीकार गर्नेदेखि अर्काको देशको भूभाग कब्जा गर्नसम्मका काम हुदैआएका छन । यही कारणले अहिले विश्वका धेरै देशमा लडाइँ समेत भइरहेका छन् ।
त्यसैले पनि पूँजी अथवा पैसा नै भनौं न यसका लागि मानिस जे पनि गर्न तयार भएको पछिल्ला समयको घटनाले देखाएका छन । यस्तो काम कुनै पनि सर्तमा राम्रो हुदै होइन । तर शासकहरु अकुत कमाएर जनतालाई गरिब बनाउने देशहरु पनि विश्वमा कयौं छन् ।
नेपालमा पनि केही दशकअघि यस्तो खेल थियो तर अहिले चैं छैन । तर सत्ता वा शासनमा रहेकाहरुले कमाउने भन्दा पनि अनियमितता गर्न भने छाडेका छैनन् ।कार्ल मास्कले भने जस्तै सुन्दर समाजका लागि त समाजवादको विकल्प छैन । यो कम्युनिष्टहरुको नारा भएपनि विज्ञानको पनि भनाई यही नै हो तर यसका लागि पूँजी त अति आवश्यक छ । पूँजी बिना त समाजवादको कल्पना गर्न सकिने कुरै भएन ।
विश्वका कयौं विकसित देशमा समेत अझै समाजवादको अभ्यास भएको छैन भने नेपालका अहिले नै यो संभव छैन तर यसका लागि रकम वा पैसा आवश्यक छ ।नेपालको सवालमा भने पूँजीको आँकलन गर्ने शेयर बजार नै छ । खासगरी काँग्रेस र एमाले मिलेर सरकार बनेपछि अहिले नेपालको पूँजी बजार राम्रो देखिएको छ ।
नेपालीहरुको जीवनस्तर अगाडि बढ्नका लागि नै भएपनि पूँजीको विकास हुन आवश्यक छ । अघिल्लो सरकारका समयमा कहिल्यै नबढेको नेप्से यो सरकार बनेपछिबढेको बढ्यै छ अनि उतारचढाव पनि आइरहेको छ । जे भएपनि पूँजी बजारमा सुधार आएको छ यो राम्रो पक्ष हो ।
















