हेटौंडा – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र राजधानीका विषएमा एक मत भएर जाने वताउनुभएको छ । नेकपा संसदस्य दलको वैठकमा अवसरमा हेटौंडामा वोल्दै उहाँले भन्नुभयो–‘प्रदेशको नाम र राजधानीका विषयमा सांसदहरुले सवैले आफ्ना धारणा राखौं । समयको कुनै पावन्दी छैन । वैठक भोली सम्म पनि चल्न सक्छ । तर, वैठकबाट निस्कीएपछी एक मत भएर निस्कनुपर्छ ।
प्रदेशको नाम र राजधानी पुस २२ गते सम्ममा अवेर सम्म भने पनि सकेर मात्र निस्कने मुख्यमन्त्री पौडेलले वताउनुभयो । नेकपाका प्रदेशका संसदीय दलका नेता समेत रहनुभएका पौडेलले लामो समयदेखि टुङ्गो लगाउन नसकेको नाम र राजधानीको विषय अव बाँकी राख्न नहुने वताउनुभयो ।
वैठकमा नेकपाका प्रदेश नम्बर ३ का इन्चार्ज तथा प्रदेश सभाका सदस्य अष्टलक्ष्मी शाक्य, पाटीका केन्द्रीय नेता काँशीनाथ अधिकारी, नेता राजेन्द्र पाण्डे, नेकपाका प्रदेशका नेताहरु, प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंङ्गेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतकाको सहभागिता रहेको छ । नेकपाका प्रदेशसभाका धेरै जसो सांसदहरु संसदीय दलको वैठकमा सहभागि छन् ।
नेकपा र काग्रेशको प्रदेश नम्बर–३ को संसदीय दलको वैठक आज हेटौंडा र काठमकाण्डौमा एक साथ सुरु भएको छ । नेकपाको वैठक प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवास र काग्रेशको वैठक काठमाण्डौमा प्रतिपक्ष दलका नेता इन्द्रबहादुर वानियाको काठमाण्डौ स्थित सम्पर्क कार्यालयमा सुरु भएको हो । दुवै दलको वैठक प्रदेश ३ को नाम र राजधानी टुङ्गो लगाउने विषयमा छलफल भइरहेको हो । वैठकमा राजधानी र नामाकरणको षियलाई वढी प्राथमिकता दिएर सांसदहरुले वोल्नेक्रम सुरु भएको छ ।
यही पुस २१ गते प्रदेश सभाको वैठक वस्नु भन्दा अगाडी नेकपा संसदीय दलको वैठक वस्न लागेको नेकपा संसदीय दलका उपनेता तथा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले वताउनुभयो । त्यसैगरी नेपाली काग्रेशका संसदस्य दलका नेता तथा प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर वानियाँले पनि वैठक सुरु भएको जानकारी दिनुभयो ।