राजनकुमार बानिया

पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नं. ४ बखरीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा मंगलबार एक कार्यक्रमकाबीच पाठ्यपुस्तक तथा स्टेशनरी सामग्री वितरण गरिएको छ ।वडाध्यक्ष अबास मियाँले विद्यार्थीहरुलाई पाठ्यपुस्तक तथा स्टेशनरी सामग्री वितरण गर्नुभएको हो । विद्यालयको कक्षा १ देखि ५ सम्म अध्यनरत विद्यार्थीलाई पाठ्यपुस्तक तथा स्टेशनरी सामाग्री वितरण हो ।नयाँ शैक्षिक सत्र सुरु भएकोले समयमै विद्यार्थीहरुलाई पाठ्यपुस्तक र स्टेशनरी वितरण गरिएको वडा सदस्य कमल ठाकुरले जानकारी दिनुभयो । वडाध्यक्ष अबास मियाँले विद्यालयको अनुगमन गरी विद्यालयको अवस्थाको बारेमा जानकारी समेत लिनु भएको थियो । विद्यालयमा भएको कमीकमजोरीलाई छिट्टै समधान गरिने उहाँको दाबी छ ।शिक्षाको गुणस्तर सुधार गर्न कुनै कसर बाँकी नराख्ने उहाँले उद्धघोष गर्नुभयो । साथै उहाँले शिक्षकहरुलाई समयमै विद्यालय आउन पनि निर्देशन दिनुभएको छ । समयमा विद्यालय नआउने र अटेरी गर्ने शिक्षकहरुलाई कारबाही गर्ने पनि उहाँले चेतावनी दिनुभयो । ‘मेरो पहिलो प्राथमिकता शिक्षा हो । शिक्षामा सुधार गर्छु,’ उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रको समस्या समधान गर्छु ।’शिक्षकहरुलाई केही समस्या भएमा जानकारी गराउन आग्रह गर्दै शिक्षकहरुलाई पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा वडासदस्य कमल ठाकुर, मदन सहनी, रामनाराय कुर्मी, स्थानीय ईसरायल मियाँ लगायत विद्यालयका शिक्षक, विद्यार्थी र अविभावकहरुको सहभागिता रहेको थियोे ।

Leave a Reply