पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका उद्यम विकास शाखाको आयोजनामा ७ दिने व्यवसायिक पशुपालन तालिम सुरु भएको छ ।शुक्रवार पालिकाका उपप्रमुख भोला अधिकारीले वडा नं. १८ को बडहर्वामा तालिमको उद्धाटन गर्नुभएको हो । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत नयाँ उद्यमी सिर्जना अन्तरगत उद्यमशीलता विकास तालिम लिई व्यवसाय सुरु गर्ने तयारीमा रहेका संभावित लघुउद्यमीहरुका लागि प्राविधिक सीप विकास तालिम संचालन गर्न लागिएको कार्यक्रमका वरिष्ठ उद्योग विकास सहजकर्ता दिपनारायण रायले जानकारी दिनुभयो ।सात दिनसम्म संचालन हुने तालिममा वडा नं. १८ का २७ जना उद्यमीहरुको सहभागिता रहेको छ । उनीहरुलाई गाई, बाख्रा र बंगुर पालन सम्बन्धी तालिम दिइने उहाँले बताउनुभयो । सहभागिहरुलाई पशु चिकित्सक डा. सुदिपकुमार शर्माले सहजीकरण गर्नुहुने कार्यक्रमका उद्यम विकास सहजकर्ता उषा बुढाथाकीले बताउनुभयो ।तालिम उद्धाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख अधिकारी, वडा नं. १८ का अध्यक्ष चतुरवाबु वाग्ले, नगरकार्यपालिका सदस्य प्रभावती देवी पासवान, सोही नगरपालिकाको शिक्षा शाखा प्रमुख शिवजी प्रसाद, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराकी अध्यक्ष नयनकला खड्का लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply