निजगढ,निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरस्थित श्री शिवशक्तेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरुको लागि सडक सुरक्षा सम्बन्धि चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।“सडक सुरक्षा सप्ताह“ कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय, बारा, निजगढले सडक सुरक्षा हाम्रो प्राथमिकता, सवारी दुर्घटना न्यूनीकरण अभियान कार्यक्रम आयोजना गरको हो ।कार्यक्रममा.विद्यालयको कक्षा ५, ६, ७ र ८ मा अध्ययनरत विद्यार्थी तथा उनीहरुका आभिभावकहरु समेतलाई जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक सुरेश ठाकुरले सडक सुरक्षा सम्बन्धि जानकारी गराउनुभएको थियो । कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर– १३ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य घलान र वडा सदस्य धनकुमारी वि.क.को बिशेष उपस्थिति रहेको थियो । त्यस्तै ईलाका प्रहरी कार्यालय, निजगढले पनि सोही विद्यालयका विद्यार्थीहरुको लागि लागुऔषध दुरुपयोग सम्बन्धि जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।“हरप्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी ।“ भन्ने मुल नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको सो कार्यक्रममा इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक श्यामकृष्ण श्रेष्ठले लागू औषध सम्बन्धि जनचेतनामूलक जानकारी दिनुभएको विद्यालयका शिक्षक पवन विश्वकर्माले जानकारी दिनुभयो । शान्तिपुर्ण एवं सुरक्षीत समाजका लागि कम्युनिटी पोलिस पार्टनरसिप प्रोग्राम अन्तर्गत सो कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

















