मनहर्वा – नेपाल ग्याँस उद्योग नारायणी प्रा.लि.ले प्रयोग अयोग्य १६.९ केजी दरका ३ हजार ५ सय सिलिण्डर नष्ट गरेको छ । पाँचहजार उपभोक्ताले प्रयोग गर्ने ग्यासका पुराना तथा कमसल सिलिण्ड जनप्रतिनीधि ,नापतौल विभाग र संचारकर्मीको रोहवरमा नष्ट गरिएको उद्योगले जनाएको छ । जितपुरसिमरा उपमहानगरपालिका १ सिमरामा मुख्य डिपो भई धनुषाको मिथिला नगरपालिका ९ बडहरीमा उद्योगले गतहप्ता उक्त परिमाणको सिलिण्डर नष्ट गरिएको उद्योका कार्यालय प्रमुख जीवन छतकुलीले जानकारी दिए ।

 

 

उद्योगले प्रदेश नं. २ का बारा पर्सा रौतहट सहित सबै जिल्ला, प्रदेश नंं.१ को उदयपुर र वाग्मती प्रदेशको सिन्धुली सम्म ग्यास विक्रि गर्दै आएको छ । विभिन्न मितिमा खरिद भई प्रयोगमा रहेका सिलिण्डहरुको हाईड्रोलिक प्ररिक्षणमा कमसल नतिजा आएका सिलिण्डर नष्ट गरी सोही परिमाणमा नयाँ थपिएको कार्यालय प्रमुख छतकुलीले जानकारी दिए ।

 

 

दैनिक २ हजार २ यस सिलिण्डर बजारमा पठाउने गरेको उद्योगका लागि उपभोक्ताको शरक्षा सबैभन्दा ठुलो कुरा हुन आउँछ । ३३ बर्ष अघिबाट सेवा प्रवाह गर्दै आएको उद्योगले उपभोक्ताको शुरक्षामा कमी हुन नदिन नियमित रुपमा सिलिण्डको हाईड्रोलिक प्ररिक्षण गर्ने गरेका छौं । पिँद कुचिएका , बढी खिया लागरेका , ठोक्किएर चर्केका र धेरै पुराना सिलिण्डर नष्ट गर्ने गरिएको हो ।

 

 

 

सामान्यतया सिलिण्डको पहिलो परिक्षमण १० बर्षमा र त्यसपछी प्रतेक पाँच बर्षमा गर्ने गरिन्छ । तरपनी शंका भएका सिलिण्डरको नियमित परिक्षणबाट योग्य ठहरिएपछी मात्रै ग्याँस भरेर उपभोक्ता माँझ पठाईने उनले बताए ।
खाना पकाउने ग्याँस वितरण गर्ने कम्पनीले प्रयोगमा ल्याउने अधिकाँस सिलिण्डर नेपालमै उत्पादन हुने गरेका छन् । नेपाल ग्याँस उद्योग नारायणी प्रा.लि.ले प्रयोगमा ल्याएका सिलिण्डरको उत्पादन गृहलक्ष्मी मेटल ईण्डष्ट्रिज प्रा.लि.भण्डारा चितवनले गर्दै आएको प्रबन्धक छलकुलीले बताए ।

Leave a Reply