निजगढ,मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पु¥याउनु उद्देश्यले बाराको निजगढमा भएको तिनदिने प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेस प्रदेश टिम पहिलो भएको छ ।शनिबार सम्पन्न प्रतियोगितामा मधेस प्रदेशको टोली छ स्वर्ण, तिन रजत र पाँच कास्य पदक सहित पहिलो हुन सफल भएको हो । मधेशका लागि पुरुषतर्फ ४० केजी तौल समुहमा नदिम हुसेन, ४३ केजी तौल समुहमा सिद्धार्थ प्रजापति, ५४ किलोमा अफताब आलम, ६३ किलोमा प्रदिप तिवारी, महिला ४९ किलोमा मनिषा वाईवा र १८ बर्ष तल पुरुष पुम्सेतर्फ निश्चल धामीले स्वर्ण पदक जितेका छन ।त्यसैगरी प्रतियोगितामा कोशी प्रदेसको टोली चार स्वर्ण, तिन रजत र दुई कास्य पदक सहित दोश्रो भएको छ । कोशी प्रदेसको लागि पुरुष ५१ किलोमा शिव खड्का, महिलातर्फ ५७ किलोमा प्रज्ञा परियार, ६३ किलोमा अन्जिला खड्का र सिनियर १८ वर्ष मुनि महिला पुम्सेतर्फ खुशी गौतमले स्वर्ण जितेका छन ।प्रतियोगितामा लुम्बिनी प्रदेस तीन स्वर्ण, दुई रजत र दुई कास्य पदक सहित तेश्रो भएको छ । लुम्बिनीको लागि पुरुषतर्फ ४८ केजीमा जस्मीन चौधरी, ५८ केजीमा नवराज बस्नेत र महिला ४६ केजीमा रुपा बुढाथोकीले स्वर्ण पदक हात पारेका थिए ।प्रतियोगितामा बंगलादेशको टोलीले दुई स्वर्ण र दुई रजत पदक जितेको छ । सिनियर १८ वर्षमाथि महिला पुम्सेतर्फ जनातुल तमन्ना तबासेन र १८ वर्षमाथि पुरुष पुम्सेतर्फ आकाश पटेलले स्वर्ण पदक जितेका छन ।
बागमती र कर्णाली प्रदेशले १,१ स्वर्ण जितेका छन । बागमतीले महिलातर्फको ४३ केजीमा बाग्मतीकी सदीक्षा कार्कीले र ४० केजीमा कर्णालीकी ललिता बुढाले स्वर्ण पदक जितेका हुन ।प्रतियोगितामा नेपालका ७ प्रदेससहित भारत र बंगलादेशका खेलाडीहरुले सहभागी बनेका थिए । प्रतियोगितामा भुटान, जापान र कोरियाले सहभागिता जनाउने भनिएपनि अन्तिम समयमा आएर रद्द गरेका थिए । प्रतियोगिताको मुख्य निर्णायकमा राखेपका तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा र निर्णायकहरुमा अन्तर्राष्ट्रिय निर्णायक रबिन्द्र मल्ल, नारायण बुढाथोकी, कुमार लामा घिसिङ, बब्लु शिवाकोटी, नविना बुढाथोकी मगर लगायतका रहेका थिए ।जिरोगीतर्फ पुरुष सात र महिला सात गरी १४ तौल समुह र पुम्सेतर्फ जुनियर पुम्सेतर्फ १८ बर्ष तल र माथि महिला पुरुष गरी चार टिम गरी १८ ईभेन्टमा प्रतियोगिता भएको हो ।

Leave a Reply