सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिकामा मंगलबार स्थानीय १३ जनाको एन्टिजेन परीक्षण गर्न ८ जनामा संक्रमण पुष्टि भएको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ६ को स्वास्थ्य चौकीमा १३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

परीक्षण गरिएका मध्ये ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एवम् गाउँपालिका सूचना अधिकृत राजेश रैनियारले बताउनुभएको छ ।

Leave a Reply