उमेश घलान

रतनपुर,निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुर सव डिभिजन अन्तरगत रहेका सामुदयिक वन र सि.वि.ए.पि.यु.का पदाधिकारी र प्रतिनिधिहरुको लागि शुक्रवार वन्यजन्तु सरक्षणको लागि एक दिने अन्तरक्रिय गोष्ठी आयोजना गरिएको छ ।पशुपति सामुदायिक वन उपभोक्ता समुहद्वारा आयोजित उक्त कार्यक्रम वन समुहका अध्यक्ष धनबहादुर दुलालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको उद्धघाटन प्रमुख अतिथि बारा जिल्ला सामुदायिक वन महासंघका अध्यक्ष रामजी बजगाईले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि निजगढ नगरपालिका वडा नम्बर ११ वडा अध्यक्ष सहाईय गुरो, सव डिभिजन रतनपुरका रेन्जर महामद अविद हुसैन, जनमुखी सा.वन समुहका अध्यक्ष जगजीवन कुमर लगायतका रतनपुर ब्लक सामुदायिक वन संजालका पदाधिकारीहरु र सामुदायिक वन समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बजगाईले सामुदायिक वन सँगसंगै वन्यजन्तुको पनि संरक्षण गर्नु पर्नेमा जोड दिनु भएको थियो । त्यस्तैगरि सव डिभिजन वन कार्यालयका प्रमुख हुसैनले मानिस बाच्नको लागि रुख विरुवादेखि जंगली जनवारसमेत आवश्यक पर्ने बताउनुभयो ।

Leave a Reply