कलैया,कलैया उपमहानगरपालिका वडा नम्बर १८ मनगढवामा बुधवार गुरुकुलम विद्यालयको शिल्यान्यास भएकोछ ।कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले धर्मिक विधिअनुसार सो विद्यालयको शिल्यान्यास गर्नुभएको हो । शिल्यान्यास कार्यक्रममा बोल्दनगर प्रमुख साहले विद्यालय निर्माण गर्न कलैया उपमहानगरपालिकाले नगरको वडा नम्बर १८ मनगढवामा १ बिगाहा जग्गा उपलब्ध गराएको जानकारी दिनुभयो ।

त्यस्तै सो जग्गामा बाउण्डरी वाल निर्माण गर्न गुरुकुलम ट्रस्ट संस्थाले २० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको गुरुकुलम ट्रस्ट संस्थाका अध्यक्ष तथा पूर्वराष्ट्रिय सभा सदस्य रमेशप्रसाद यादवले जानकारी गराउनुभयो ।कार्यक्रममा संनातन हिन्दु धर्म लोप हुँदै जाने आवस्थामा पुगेकोले धर्म र संस्कृति संरक्षणको गुरुकुलम विद्यालय स्थापना गरिएको संस्थाका संरक्षक स्वामी सौरवनाथले जानकारी बताउनुभयो ।उहाँका अनुसार विद्यालयमा संस्कृतसहित बैद्धिक विषयलाई पहिलो प्राथमिकतामा राखेर नेपालीलगायतका भाषाका अध्यापन हुने जानकारी गराउनुभयो ।

शिल्यान्यास कार्यक्रममा नेकपा एमाले पार्टीका जिल्ला अध्यक्ष अदयानन्द पाण्डे, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकी अधिकृत नाथु साह, वडा नम्बर १८ वडा अध्यक्ष धुरुप राउत अहिर, वडा समितिका सदस्य दिपेन्द्र मण्डल, ललिता देबी, संस्थाका सचिव प्रशुराम यादव, सदस्य रामेश्वरप्रसाद यादव, ओमप्रकाश सिकारिया, नवलकिसोर कुशवाहा, अजयकुमार स्वर्णकारलगायत स्थानीय बुद्धिजीवी र सन्चारकर्मीहरुको उपस्थिति रहेको थियोे ।

Leave a Reply