कलैया,कलैया उपमहानगरपालिका– ३ का समाजसेवी नगिना साहले जीतपुरसिमरा उपमहानगरपालिका– १९, मधुरापुरमा अवस्थित ब्रह्मबाबा मन्दिर संरक्षण समितिलाई एक कठ्ठा जग्गा दान गर्नुभएको छ ।
कलैया नगरपालिकामा पाँच पटक वडा अध्यक्ष भइसक्नुभएका साहले मुख्य सडकछेऊको जग्गा औपचारिक रूपमा मन्दिरलाई हस्तान्तरण गरेपछि स्थानीयवासी खुसी बनेका छन ।मन्दिर व्यवस्थापन समिति तथा वडावासीको उपस्थितिमा सम्पन्न जग्गा दान कार्यक्रममा साहले धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण समुदायकै जिम्मेवारी भएको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।उहाँले आफू र श्रीमती गिता देवीको मनोकामना पूरा भएको उल्लेख गर्दै दान गरिएको जग्गा मन्दिर विस्तार, धर्मशाला निर्माण तथा भक्तजनका सुविधाका लागि प्रयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।

Leave a Reply