काठमाण्डौं,
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी ढाँचा टुंग्याइने घोषणा गर्नुभएको छ ।आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता संसद्मा प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो । निजगढमा विमानस्थल बनाउने विषय दशाकौंदेखि अलपत्र छ । सरकारले निजी क्षेत्रको लगानीमा सो विमानस्थल निर्माणको प्रयास गर्दै आएको छ ।तर, निजगढमा विमानस्थल बनाउने जमिनमा सीमांकन गर्नेबाहेकको अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन । यसका साथै, पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमताका सञ्चालनको प्रयास गरिने पनि अर्थमन्त्री डा. महतले बताउनुभयो ।



















