हेटौंडा – बागमती प्रदेश प्रदेशसभा सचिवालय र प्रदेश सरकार दोस्रो स्थापना दिवस मनाउने तयारीमा लागेका छन् । प्रदेशसभा स्थापना भएको माघ १८ गते दुई वर्ष पुग्दै छ । त्यस्तै बागमती प्रदेश सरकार स्थापना भएको पनि यही माघ २९ गते बागमती प्रदेश सरकार स्थापना भएको दुइवर्ष पुग्न लागेको छ । प्रदेश सरकार स्थापना भएको दुईवर्ष पुग्न लाग्दा सवै भन्दा जटिल विषय रहेको नाम र स्थायी राजधानी तोक्ने काम भएको छ । तर, प्रदेशका १३ वटै जिल्लाका नागरिकले थोरै मात्र प्रदेश सरकारको कामको अनुभुती गर्न पाएका छन् ।
प्रदेशसभाको यही माघ १८ गते हुने स्थापना दिवसको तयारी पुरा भएको सभामुख सानुकुमार श्रेष्ठले वताउनुभयो । प्रदेशसभाको कार्यालय परिषरमा स्थापना दिवस मनाउनका लागि तयारी गरिएको उहाँले वताउनुभयो । यसैगरी प्रदेश सरकारको स्थापना दिवस मनाउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलको संयोजकत्वमा समिति गठन गरिसकेको छ । यो समितिले कार्यक्रमको तयारी थालेको छ ।