दिपेन्द्र जयसवाल

गन्जभवानीपुर,बारागढी गाउँपालिका वडा नम्बर ५ सिहासनी टोलमा सञ्चालनमा रहेको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत सञ्चालनमा गरिएको ३९० घण्टे मोबाईल रिपेरिङ्ग तालिम कार्यक्रमको मंगलवार स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ ।गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवाल, उपाध्यक्ष लक्ष्मीदेवी राय, प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्र, लेखा अधिकृत अजय चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष उमेशप्रसाद साह, योजना शाखा प्रमुख राजकिशोर चौधरी, सामाजिक विकास शाखा प्रमुख महेशकुमार ठाकुर, वडा नम्बर ५ का वडा सदस्य विनोद सहनी, गाउँपालिकाका सूचना प्रविधि अधिकृत धुरेन्द्र ठाकुर, सञ्चारकर्मी दिपेन्द्र जयसवाललगायत जनप्रतिनिधिको टोलीले सो तालिमको स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो ।

Leave a Reply