सिमरा,नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ ले निर्वाचनका लागि पाँच जना उम्मेदवारको नामावली सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।

कमिटीको शुक्रवार बसेको बैठकले वडाध्यक्ष पदमा दीपेन्द्र लामासहित अन्य चार सदस्यको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । वडाध्यक्षका लागि सर्वसम्मत् निर्णय गरिएका लामा एमालेको वडा कमिटी अध्यक्ष समेत हुनुहुन्छ ।

वडा कमिटीले सिफारिस गर्ने निर्णय गरेको अन्य पदमा खुल्लातर्फ हरिबहादुर स्याङबो, अनिलकुमार वाईवा, महिला सदस्य सविता दुलाल र दलित महिला सदस्यमा मिना सुनार रहेका छन् ।

त्यसैगरी वडा नम्बर ५ मा वडा अध्यक्षसहित वडा समितिका सदस्यहरुको नाम सर्वसममत सिफारिस गर्न नसकेपछि बैठक मा सर्वसम्मत निर्णय हुन नसकेपछि

शुक्रवार भएको बैठकमा एकल नाममा सिफारिस हुन नसकेपछि शनिवार बसेको बैठकले नाम सिफारिस गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here