कलैया,जवर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई बारा प्रहरीले काभ्रे जिल्लाबाट पक्राउ गरेको छ ।प्रहरीले बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बस्ने बिशोरी बैठालाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको टोलीले स्थानीय प्रहरीसंग समन्वय गरेर काभ्रेपलान्चोक जिल्लामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।स्थानीय १३ वर्षकी एक किशोरीलाई घर बाहिर शौचालय गर्न गएको मौका छोपेर बैठासहित २ जनाले गत वर्षको कार्तिक महिनामा जबरजस्ति करणी गरेर फरार बनेका थिए ।विशेष सूचनाको आधारमा बैठालाई पक्राउ गरिएको बारा प्रहरीले बताएको छ । पक्राउ परेका बैठालाई हिरासतमा राखी थप अनुसन्धान कार्य जारी राखिएको प्रहरी कार्यालयले जानकारी दिएको छ । सोही घटनमा संलग्न अर्का १ जना फरार प्रतिवादीकोसमेत खोजतलास कार्य जारी रहेको प्रहरीले बताएको छ ।


















