काठमाण्डौ – एशियाली विकास बैंक (एडीबी) ले नेपालको यस वर्षको आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ ।एशियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले आर्थिक वर्ष २०८१÷८२ मा नेपालको अर्थतन्त्र चार दशमलव नौ प्रतिशतले विस्तार हुने अनुमान सार्वजनिक गरेको हो । गएको आर्थिक वर्ष २०८०÷८१ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत थियो ।

आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता तथा पर्यटनसम्बन्धी सेवाको पुनरुत्थान, विद्युत् क्षमता वृद्धि लगायतले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सुधार देखिएको एडीबीको नेपालका लागि राष्ट्रिय निर्देशक आर्नो कोश्वाले बताउनुभएको छ । मनसुन राम्रो हुँदा रोपाइँ सप्रिएकाले धानको उत्पादन बढ्ने एडीबीले उल्लेख गरेको छ ।
यस्तै एडीबीले यो वर्ष नेपालको मूल्यवृद्धि दर पाँच प्रतिशतको सीमाभित्रै रहने अनुमान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here