भारत नेपालको असल छिमेकी राष्ट्र हो । नेपाल र भारतबीच धेरै कुरामा समानता पनि छ । अझै तराई मधेशमा त विवादवारीदेखि धेरै सामाजिक कार्यमा नेपाल र भारतको सहभागिता रहन्छ यद्यपी यसो भन्दैमा नेपालीहरुले भारतको हेपाहा प्रबितिको भने बिरोध गर्नु नै पर्दछ । छिमेकी देश भएका नाताले भारतसँगको सम्बन्ध प्रगाढ हुनु आफैका सकारात्मक पक्ष हो ।

भारतसँग नेपालले युद्ध पनि चाहेको होइन तर स्वभिमान भने खोजेको हो ।
पछिल्लो पटक फेरि नेपालको सीमा क्षेत्रको बिषयमा भारतले धावा बोलेको कुरा आएको छ । भारतले आफ्नो देशको नक्सा सार्वजनिक गर्दै लिपुलेक आफ्नो देशमा पर्ने तर्क प्रश्तुत गरेको छ जसले नेपालीहरुको स्वभिमानमाथि धावा बोलेको आभास भएको छ ।

नेपालीहरु आफ्नो देशलाई आफ्नी आमालाई मान्दा झैं मान्दछन् । यो कुरा भारतपनि थाहा भएकै कुरा हो ।

सीमा रक्षाका लागि नेपालीहरुले बहादुरी पूर्वक लडेको इतिहाँस पनि छ । त्यसैले सीमाको बिषयमा भारतले नेपालीहरुलाई नजिस्कएको राम्रो हो । भारतले तत्काल नियतबस हो वा कुनै गल्तीले हो सार्वजनिक गरेको नक्सा सच्चाउनु पर्दछ होइन भने सम्बन्ध नबिग्रिएला भन्न सकिन्न ।

Leave a Reply