कलैया,राष्ट्रिय तत्मा समाज नेपालको प्रथम बारा जिल्ला अधिवेशन आइतवार सम्पन्न भएको छ ।मधेश प्रदेशका प्रदेश सभा सदस्य एवम नेकपा एमालेका प्रमुख सचेतक लखन दासको प्रमुख आतिथ्यमा बाराको फेटा गाँउपालिका १ त्रिवेणी र भलुही भरवलियास्थित खैरामाईमा समाजको अधिवेशन सम्पन्न भएको हो ।अधिवेशनको केन्द्रीय मण्डलले बिगन दासलाई बारा जिल्ला समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । जिल्ला समितिको उपाध्यक्षमा महिला÷पुरुष १÷१ जना गरि दुई र ६ पदाधिकारी सहित ५१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।त्यस्तै उपाध्यक्षद्वयमा सुधन दास र सरस्वतीदेबी दास रहनु भएको छ भने सचिवमा मनोजकुमार दास, सहसचिवमा रामप्रित दास र कोषाध्यक्षमा मोसाफिर दास चयन हुनु भएको छ ।त्यसैगरि सदस्यहरुमा संजयकुमार दास, भोला दास, प्रयाग दास, जितेन्द्र दास, रम्भु दास, राजकिशोर दास, गांधी दास, श्रीपाल दास, मुना दास, हरिन्द्र दास, हीरालाल दास, सुबास दास, रामजनम दास गरि ५१ सदस्यीय जिल्ला समिति सर्वसहमतिमा चयन गरिएको हो ।अधिवेशनमा जिल्ला भरिका ५० गाँउटोलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । समाजको तेस्रो राष्ट्रिय अधिवेशन रौतहटको गरुडामा हुने भएको छ ।

Leave a Reply