कलैया,बाराको कलैयास्थित मटिअर्वा नाकाबाट हुँदैआएकोतस्करी नियन्त्रणमा कार्यमा उदासिन देखिएका दुई जना सुरक्षाकर्मीलाई निलम्बन गर्न जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आदेश दिनुभएको छ ।निरीक्षणको क्रममा उक्त नाकाबाट अबैध रुपमा भारतीय सामान नेपालतर्फ भित्र्याइएको पाइएको र खुल्लमखुल्ला भइरहेको सो कार्य रोक्न उदासिन देखिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका २ जना सुरक्षाकर्मीलाई तत्काल निलम्बन गर्न प्रमुख जिल्ला अधिकारीले आदेश दिनुभएको थियो ।सीमावर्ती नाकामा भइरहेको अवैध तस्करी नियन्त्रण गर्ने क्रममा प्रजिअ अधिकारीले मटिअर्वा नाकाको बिहीवार अचानक निरीक्षण गर्नुभएको थियो । चेकजाँचका क्रममा नेपाल प्रहरीका एकजना र सशस्त्र प्रहरीका एकजना कर्मचारी तस्करी रोक्न निष्क्रिय रहेको पाइएपछि दुवै जनालाई निलम्बन गर्न निर्देशन दिइएको हो।जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीहरूको भूमिकाबारे थप अनुसन्धान गर्ने बताएको छ।सौजन्य तस्बिर

Leave a Reply