राज कुमार यादव
मौलापुर,आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्न सरकारसंग माग गर्नुभएको छ ।आजपा पर्सा जिल्ला कमिटीले ‘वीरगञ्जलाई देशको आर्थिक राजधानी घोषणा गराउन’ बुधवार वीरगञ्जको टाउनहलमा आयोजना गरेको बृहत भेलालाई सम्बोधन गर्दै साहले यस्तो माग गर्नुभएको हो ।
मुुलुककै आर्थिक नगरी वीरगञ्जबाट सबैभन्दा बढी राजस्व उठने गरेको बताउँदै उहाँले ढिला नगरी सरकारले यथासिघ्र वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने बताउनुभयो । वीरगञ्जमा सरकारले न्यून लगानी गरिरहेको बताउँदै उहाँले आर्थिक नगरीको बिकासका लागि सरकारले बढी भन्दा बढी बजेट दिनुपर्ने माग समेत गर्नुभयो ।
सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष २०८१÷०८२ को बजेटले समेत वीरगञ्जलाई न्याय नगरेको बताउँदै उहाँले वीरगंजलाई आजपाले जसरी पनि आर्थिक राजधानीको रुपमा घोषणा गराएर सोही अनुसार बिकासका आयोजना पनि ल्याउँने प्रतिवद्धता जनाउनुभएको छ ।

वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गराउन आजपाले पहल थालेको बताउँदै अध्यक्ष साहले त्यसका लागि उधोगी, व्यापारी, नागरिक समाज, बुद्धिजिवि, जनप्रतिनिधि, राजनीतिक दल लगायतका सबैको साथ सहयोगको आवश्यकता रहेको बताउनुभयो ।देशको प्रमुख आर्थिक केन्द्र, सबैभन्दा बढी राजस्व उठने ठाउँका साथै उधोग व्यापार सबैभन्दा बढी भएको वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गराउन सरकारलाई दबाब दिने उदेश्यले आयोजित भेलामा सहभागिलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।भेलामा उद्योगी, व्यापारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, बुद्धिजिवी, नागरिक समाज सहित बिभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।भेलामा सहभागिहरुले वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गराउनका लागि आजपाले पहल गरेकोमा धन्यवाद दिदै त्यसका लागि संघर्षमा समेत उत्रिन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply