निजगढ,केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको संयोजन, कास प्रोजेक्टको आयोजना र बागदेब दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडको ब्यबस्थापनमा निजगढमा सोमबारबाट दुई दिने दुग्ध उत्पादन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।
निजगढ नगरपालिका वडा नम्बर– ७ स्थित सगरमाथा साकोसको सभाहलमा सुरु भएको कार्यक्रममा कासाका बरिष्ठ डेरी विशेषज्ञ कृष्ण पौडेल, कासाकी मार्केट एनालाइसिस्ट कृनिसा श्रेष्ठ, डेरी ट्रेनर सम्झना पौडेल, अनिता जैसवाल, दुग्ध केन्द्रीय संघका सदस्य दिलबहादुर लामा्, डिडिसीका टेक्निकल असिस्टेन्ट सिताराम लामिछाने, बारा र रौतहट जिल्लाका ४ ओटा सहकारीका अध्यक्ष, व्यवस्थापक, कर्मचारी र विभिन्न डेरी उद्योगका सन्चालकहरुको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा किसानको गोठदेखि उपभोक्ताको ओठसम्म असल र शुद्द दुग्ध कसरी पुर्याउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रमको मंलगबार बागदेब डेरीको सभाहलमा समापन हुने बागदेब दुग्ध उत्पादक सहकारीका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिनुभयो ।