मनोज शाह

जीतपुर,जीतपुर बजारका व्यापारीहरु आर्थिक मन्दीको मारमा परेका छन् ।आर्थिक मन्दीका कारण कारोबार ठप्प हुँदा जीतपुरसिमराका अधिकास व्यापारीहरु पेसाबाट पलायन हुनुपर्ने अवस्थामा पुगेको जीतपुर बजारका चप्पल व्यापारी शकंर रौनियारले जानकारी दिनुभयो ।उहाँले अहिलेको जस्तै अवस्था रहे पसलको भाडा तिर्न नसकेर पेसा नै त्याग्नुपर्ने अवस्थामा पुग्ने बताउनुभयो । रौनियारले कारोबार कम भएकोले व्यापारीहरुलाई पसल र घरको भाडा तिर्न समेत धौधौ परेको बताउनुभयो । जिल्लाको प्रमुख व्यापारिक बजारको रुपमा रहेको जीतपुरका अधिकांश व्यापारीको अवस्था उस्तै रहेको उहाँले सुनाउनुभयो ।त्यसैगरी स्थानीय फेन्सी व्यापारी सजय श्रेष्ठले पनि मन्दीका कारण जीतपुर बजारको व्यापार र व्ययवसाय चौपट बनेको बताउनुभयो । बैंकको ब्याज र समयमा किस्ता तिर्न नसकेर व्यापारीहरु तनावमा रहेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here